काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म संस्थाले २ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ६६.७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म संस्थाले ३ करोड ४४ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले ९ करोड ५१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। सञ्चालन मुनाफा पनि ६३.८० प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी २८.७७ प्रतिशतले घटेर ६ करोड ५८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १८ करोड ४४ लाख रुपैयाँ थियो।
चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले १ अर्ब १२ करोड निक्षेप संकलन गरी ४ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब १३ करोड निक्षेप संकलन गरी ४ अर्ब ७५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी ३२ करोड रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ११.५६ प्रतिशतले घटेर ११ करोड ७२ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष रिजर्भमा १३ करोड २६ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाको खराब कर्जा (एनपीएल) बढेर ४.९१ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ४.६३ प्रतिशत थियो।
वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेर १३.२९ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस ३९.९५ रुपैयाँ थियो। पीई रेसियो ७०.६५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९२.७० रुपैयाँ रहेको छ।
17 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago