काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुमारी बैंक लिमिटेडले अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिसम्मको तुलनामा ७८.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य ९८ करोड ४६ लाख रुपैयाँ रहेको छ। 

यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा ७४.४१ प्रतिशतले बढेर २ अर्ब ५९ करोड रुपैयाँ भएको छ। यस्तो मुनाफा गत वर्षको यही अवधिसम्म १ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो।  

बैंकको खुद ब्याज आम्दानी पनि ३९.०४ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो। 

बैंकले समीक्षा अवधिसम्म १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको रिभर्जको आकार ३३.०६ प्रतिशतले बढेर ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। गत वर्ष रिजर्भमा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो। 

बैंकको निष्क्रिय कर्जा दर १.०९ प्रतिशत रहेको छ। गत वर्ष निष्क्रिय कर्जा दर ०.९८ प्रतिशत रहेको थियो। आधार घटेर ७.६३ प्रतिशत सीमित बनेको बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.३७ रुपैयाँ रहेको छ। पीई रेसियो १८.८८ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३५.४९ रुपैयाँ रहेको छ।