काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारी छुटको अफर सार्वजनिक गरेको छ।
अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वर्ल्ड हर्ट डे(विश्व मुटु दिवस)को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरिद गर्दा ३५ प्रतिशतसम्म छुट पाउने गरी अफर सार्वजनिक गरेको हो।
हेल्थ प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ। यस्तो छुटसम्बन्धी व्यवस्था लागू भइसकेको र अबको एक महिनाभित्रमा हेल्थ प्याकेज खरिद गर्नेले पाउन सकिनेछ।
विश्व मुटु दिवसको अवसर पारेर डिजाइन गरिएको प्याकेजअन्तर्गत सुगर फास्टिङ, आरएफटी, टोटल कोलेस्ट्रोल, ईसीजी, युरिन रुटिन, इको, ईएसआर, सीबीसीलगायतका जाँच गरिनेछ। यी जाँच गर्दा लाग्ने साबिकका शुल्कहरुमा ३५ प्रतिशतसम्म छुटको अफरसहित विशेष हेल्थ प्याकेज घोषणा गरिएको हो।
यसपटकको विश्व मुटु दिवस युज हर्ट फर एभ्री हर्टको थिममा विश्वभर मनाइँदैछ।
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago