काठमाण्डौ । की इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा आउँदो चैत २ गतेदेखि प्रशारण हुन लागेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को मुख्य प्रायोजकमा सिटी एक्सप्रेस रहेको छ।
नियमित रुपमा उत्पादन गरी सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट प्रसारण गरिने भएको छ। यसको युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ। कार्यक्रमको मार्केटिङ एडी रिलिजले गर्दैछ।
प्रत्येक बिहीबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने मुन्द्रेको कमेडी क्लबका मुख्य कलाकारका रुपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन्। अन्य कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ। कार्यक्रमको निर्देशन दिनेश डीसीले गर्ने भएका छन्।
कार्यक्रमबाट हाँसो र व्यंग्यमार्फत परिवार, समाज र आम जनमानस समाजलाई सु–सूचित हुने अवसर मिल्नेछ। यसका साथै देशका लब्ध प्रतिष्ठित विभिन्न विधाको व्यक्तिहरु पाहुनाका रुपमा स्वीकार गरी मनोरन्जन प्रदान गरिनेछ।
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago