काठमाण्डौ । शीर्षक पढेर र तपाइँको मनमा पनि उत्सुकता जाग्यो होला। यस्तै उत्सुकता उनको मनमा जाग्यो, जसले ३६० सिटर विमानमा एक्लै यात्राका मजा लिएका थिए। 

यो कहिले भयो ? कसरी भयो ? किन भयो ? यो सबै पढ्नुुभन्दा पहिले यो जान्नुस् कि न यो कुनै गलत धारणाका कारण भएको हो न कसैको गल्तीका कारण नै। यो जोसँग भएको उनी यसलाई केवल भाग्य खेलमात्रै मान्छन्। 

को हुने उनी ?

मिति : १९ मे २०२१

स्थान : मुम्बई एअरपोर्ट

समय : बिहानको ४ बजे

व्यक्ति : भावेश जवेरी

दुुबईमा बसोबास गर्ने भावेश आफ्नो कारोबारका सिलसिलामा मे महिनाको पहिलो साता मुम्बई आएका थिए। मम्बईको काम सकेर दुुबई फर्कनका लागि उनले फ्लाइटको बुकिङ १० दिनअघि गरेका थिए। उनी प्रायः बिजनेस क्लासमा यात्रा गर्ने गर्दथे। तर उनलाई कोरोना महामारीका कारण विमानमा भीडभाड हुँदैन भन्ने लाग्यो। त्यसैले उनले इकोनोमी क्लासमा टिकट काट्ने निधो गरे। त्यसैले उनले मुम्बईबाट दुुबईका लागि भारु १८ हजारमा टिकट बुक गरे। 

मे १९ को बिहानको ४.३० बजे फ्लाइट थियो। अन्तर्राष्ट्रिय विमान यात्राको नियमका अनुसार भागवेश आधा रातमा विमानस्थलमा पुुगे। चेकइन गर्ने समयमा थाहा भयो कि उनी विमानमा यात्रा गर्ने एक्लो यात्रु हुन् भनेर।

केही समयका लागि उनलाई आफँ पनि विश्वास लागेन। फेरि केही समयपछि उनलाई विश्वास लाग्यो कि उनी सपना होइन वास्तविकतामा छन् भनेर। 

भागवेश पछिल्लो २० वर्षदेखि दुुबईमा बसोबास गर्दै आइरहेका छन्। यसबीचमा उनले दुुबईमा कयौँ पटक यात्रा गरे। तर यो पहिलोपटक थियो जब उनीसँग यस्तो सुखद् घटना घट्यो। 

दुुबईबाट बीबीसीसँग कुरा गर्दै भागवेश ले भने, ‘म प्रायः भिडियो बनाउने गर्दिनँ। क्यामेराअगाडि आउन पहि हिच्किचाउँछु। तर यो यात्राका क्रममा भने मैले स्वयं आफ्नै मोबाइलबाट भिडियो खिचेँ। म सधैभरिका लागि यो यादलाई आफूसँग राख्न चाहन्थेँ। चेक इन पश्चात एअरपोर्टको गेटबाट फ्लाइटसम्म मलाई त्यसरी नै अटेन्ड गरियो, जस्तो कुनै अन्य दिन सबै यात्रुका साथ गर्ने गरिन्थ्यो। इमिरेट्स विमानका स्टाफहरुका लागि पनि यो फरक अवसर थियो। विमानमा प्रवेश गर्नासाथ क्रु सदस्यहरुले तालि बजारएर मेरो स्वागत गरे। पाइलट ककपिटबाट निक्लेर स्वयं मलाई भेट्न आए। ठ्टा गर्दै उनले विमानको सम्पूर्ण भाग अवलोकन गर्न भनेँ।’ 

खर्च 

एमिरेट्सको फ्लाइट ईके–५०१ जसमा भावेशले मुम्बईबाट दुुबईसम्म यात्रा गरे, त्यो ३६० सिट भएको बोइङ ७७७ विमान थियो। यदि तपाइँ यो साचिरहनु भएको छ कि पूरै उडानको खर्च कति लाग्यो होला ? त्यसो हो भने यो पनि जान्नुहोस्। 

भारतका एभिएन एक्सपर्ट राजेश हान्डा भन्छन्, ‘मुम्बई दुुबई उडान अढाइ घन्टाको छ। यसमा लगभग २५ टन इन्धन खपत भएको हुनुपर्छ। विमानले इन्धनमा मात्रै केवल १२–१५ लाख रुपैयाँ खर्च गरेको हुनुपर्छ। यदि पूरै यात्राको खर्च निकाल्ने हो भने त भारु २०–२५ लाख रुपैयाँ हुन्छ। तर एक यात्रुका लागि कुनै विमान कम्पनीले यति धेरै खर्च किन गर्यो ?

यो प्रश्न भावेशको मनमा पनि थियो र उनले क्रु सदस्यसँग यो प्रश्न गरेका थिए। भावेश भन्छन, ‘वास्तवमा मलाई विमानमा धेरै भीडभाड हुँदैन भनेर पहिलै थाहा थियो। कोरोना महामारीका कारण यूएईमा भारतबाट जानेहरुका लागि कयौँ प्रतिबन्धहरु लगाइएका छन्। यतिबेला गोल्डेन भिसा होल्डर्स, यूएईका नागरिक र कूटनीतिज्ञहरुलाई मात्रै भारतबाट यूएई जाने अनुमति छ। यी तीन श्रेणीका यात्रुहरुमात्रै कमर्सियल फ्लाइटमा दुुबई जान सक्छन्। दुुबईबाट मुम्बई आएका यात्रुलाई मुम्बई पुर्याएर इमिरेट्स एअरलाइन्सको विमान उसै पनि रित्तो नै जान्थ्यो। तर मैले यो फ्लाइटको बुकिङ गरेका कारण मलाई पनि फलाइटमा यूएई जाने अुनुमति दिइयो।’ 

एक्लो यात्रुको अनुुभव 

भावेश पेसाले हीरा व्यापारी हुन्। उनी स्टारजेम्स गुप्रका सीईओ हुन्। उनी दुुबईमा आफ्नो दुई सन्तान र पत्नीका साथ बसोबास गरिरहेका छन्। ३६० सिट भएको विमानमा एक्लै यात्रा गरेको उनको भिडियो यतिबेला दुुबई र मुम्बईमा भाइरल भइरहेको छ। उनी यो पूरै यात्रालाई अविस्मरणीय अनुुभव बताउँछन्।

भावेशका अनुसार यस्तो अवसर भाग्यले जिन्दगीमा कसै–कसैलाई मात्रै प्राप्त हुन्छ। ‘पैसाले यस्तो खुसी सायदै खरिद गर्न सकिएला’, उनी भन्छन्। –बीबीबीबाट भावानुवादित