काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेप्सेले मूल्य समायोजन गर्दै कालिका लघुवित्तको प्रतिकित्ता १ हजार २९१ रुपैयाँ कायम गरेको छ। यसअघि यो लघुवित्तको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ४२० रुपैयाँ रहेको थियो।

संस्थाले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाले आउँदो वैशाख ७ गते डोकेको १० औँ र ११ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। 

संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज चैत २२ गतेदेखि आगामी वैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तले प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।