काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको आज सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो कम्पनीको प्रतिकित्ता १ हजार ७५ रुपैयाँ कायम भएको छ। यसअघि अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता १ हजार २५७ रुपैयाँ रहेको थियो। अब आज समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल ७.३७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीको यही वैशाख १२ गते हुने वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। 

सभा र लाभांश प्रयोजनका लागि कम्पनीले आज वैशाख २ गतेबाट सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ३१ गतेसम्म (वैशाख १ गते सार्वजनिक बिदा) कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।