काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले गुहेश्वरी मर्चेन्टको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३४२.७२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ३६५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आज माघ २० बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो माघ १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीले आफ्नो २१ औँ वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा ललितपुरको हरिहर भवनस्थित गुहेश्वरी भवनमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल ६.८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश छन्।
सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन पनि स्वीकृति गर्नेछ।
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago