काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ७७१ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ८३३ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउने छ। 

गत आर्थिक वर्षको मुनाफाबाट यो कम्पनीले सेयरधनीहरुलाई कुल ८.४२ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र बाँकी ०.४२ प्रतिशत नगद (लाभांश कर) सहित रहेका छन्। 

प्रस्तावित लाभांश कम्पनीको आउँदो जेठ २ गते बाराको सिमरास्थित होटेल इच्छामा हुने १९ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत वैशाख १६ गते (बिहीबार) सम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।