काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले मूल्य समायोजन गर्दै प्रतिकित्ता जनउत्थान सामुदायिक लघुवित्तको ९४७.८३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबारमूल्यअनुसार प्रतिकित्ता १०९० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो लघुवित्तका सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आज चैत १० गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो चैत ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
संस्थाले आफ्नो १२ औँ वार्षिक साधारणसभा यही चैत २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा रुपन्देहीको बुटवलस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि सञ्चित मुनाफा तथा मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने २ करोड ३३ लाख ५४ हजार ५७९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा १५ प्रतिशतले हुन आउने २ करोड २१ लाख ८५ हजार ९०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतले हुन आउने ११ लाख ६७ हजार ६७९ रुपैयाँबराबरको नगद लाभांश छन्।
सभाले बोनस सेयर वितरणपछि संस्थाको जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त गाभ्ने वा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरुको पहिचान गर्न र आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
संस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरी राष्ट्रियस्तरमा स्तरोन्नति गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago