काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज अपी पावर र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सले हकप्रदका लागि अपी पावर र बोनस सेयरका लागि एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता अपी पावरको २९६ रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको ७२० रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता अपी पावरको प ३५३ रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको ७७८ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन्। 

अपी पावरले चुक्तापुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँको १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर कम्पनीले सेयरधनीहरुका लागि जारी गर्नेछ। कम्पनीले हकप्रदको मिति भने तय गरिसकेको छैन।

एभरेष्ट इन्स्योरेन्सले भने गत आर्थिक वर्षको मुनाफाबाट कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०।४२ प्रतिशत नगद ९कर प्रयोजनार्थ० रहेका छन्।

अपी पावरले हकप्रदका लागि र एभरेष्ट इन्स्योरेन्सले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आज वैशाख २९ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुमात्र अपी पावरको हकप्रदमा आवेदन दिन तथा एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

एभरेष्ट इन्स्योरेन्सको लाभांश आगामी जेठ १० गते हुने वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।