काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि दुई जीवन बीमा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले नेसनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ। सेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता नेसनल लाइफको ६०१.६७ रुपैयाँ र ४२८.०५ रुपैयाँ कायम गरेको छ।
यसअघिको अन्तिम कारोबार मूल्य अनुसार नेसनल लाइफको ६४९.८० रुपैयाँ र प्रभु लाइफको ४७० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार सेयर कारोबारमा आउनेछन्।
आर्थिक वर्ष २०७८–७९का लागि नेसनल लाइफले ८ प्रतिशत र आर्थिक वर्ष २०७७–७८का लागि प्रभु लाइफले ९.८० प्रतिशत बोनस सेयर प्रस्ताव गरेका छन्। प्रस्तावित लाभांश नेसनल लाइफको यही जेठ २२ गते हुने वार्षिक साधारणसभा र प्रभु लाइफको यही जेठ २६ गते हुने वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि नेसनल लाइफले आज र प्रभु लाइफ भोलि बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो जेठ १० गतेसम्म कायम सेयरधनीहरुले यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago