काठमाण्डौ । आर्थि वर्ष २०७९–८०को लाभांशका लागि विभिन्न ५ वटा म्युचुअल फन्डको इकाइमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एनएमबि ५०, एनएमबि हाइब्रिड फन्ड एल–१, सनराइज फर्स्ट म्युचुअल फन्ड, सानिमा इक्विटी र प्रभु सेलेक्टर फन्डको इकाइमूल्य समायोजन गरेको हो।
समायोजनपछि प्रतिइकाइ एनएमबि ५०को ९.७७ रुपैयाँ, एनएमबि हाइब्रिड फन्ड एल–१को ९.८४ रुपैयाँ, सनराइज फर्स्ट म्युचुअल फन्डको ९.६७ रुपैयाँ, सानिमा इक्विटीको ९.९७ रुपैयाँ र प्रभु सेलेक्टर फन्डको ८.३० रुपैयाँ कायम भएको छ।
यसअघिको अन्तिम कारोबारमूल्यअनुसार प्रतिइकाइ एनएमबि ५०को ११.२७ रुपैयाँ, एनएमबि हाइब्रिड फन्ड एल–१को ११.३४ रुपैयाँ, सनराइज फर्स्ट म्युचुअल फन्डको ११.२७ रुपैयाँ, सानिमा इक्विटीको ११.७७ रुपैयाँ र प्रभु सेलेक्टर फन्डको ९.२५ रुपैयाँ कायम भएको छ। अब समायोजित मूल्यअनुसार नै यी म्युचुअल फन्डका इकाइहरु कारोबारमा आउनेछन्।
यी म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने हिजो बुधबार अन्तिम दिन रहेको थियो। त्यसैले हिजोसम्म कायम इकाइधनीहरुले यी म्युचुअल फन्डको लाभांश पाउनेछन्।
गत आर्थिक वर्षका लागि एनएमबि ५०ले १५ प्रतिशत, एनएमबि हाइब्रिड फन्ड एल–१ले १५ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डले १६ प्रतिशत, सानिमा इक्विटीेले १८ प्रतिशत र प्रभु सेलेक्टर फन्डको ९.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेका छन्।
20 minutes ago
30 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago