काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर मूल्य समायोजन गर्दै सिजिन्स बैंकको प्रतिकित्ता ३५२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको सेयरभाउ ३९८ रुपैयाँ रहेको थियो।

लाभांश र आगामी वार्षिक साधारणसभाका लागि बैंकले आज असोज २२ गते बुक क्लोज गरेको छ। यसको अर्थ आज असोज २० गतेसम्म (असोज २१ गते घटनस्थापनाको बिदा) कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १२ अर्ब ५७ करोड रुपैयाँ कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१.१० रुपैयाँबराबरको बोनस सेयर र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख ५६ हजार ८०७.२४ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसमेत) रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।