काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि कामना सेवा विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता कामना सेवाको ६०७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको सेयर प्रतिकित्ता ७१९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ।

गत आर्थिक वर्षका लागि कामना सेवाले कुल १९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १८.५ प्रतिशत बोनस सेयर र बाँकी ०.९७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश बैंकको यही कात्तिक २३ गते हुने १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले आज कात्तिक १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।