काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता महालक्ष्मी विकास बैंकको २६९ रुपैयाँ र नेपाल हाइड्रो डेभलपर्सको ३२५ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबारअनुसार प्रतिकित्ता महालक्ष्मी विकास बैंकको २९३ रुपैयाँ र नेपाल हाइड्रो डेभलपर्सको ३७४ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यी दुवैको कारोबार खुल्नेछ। 

नेपाल हाइड्रोले गत आर्थिक वर्षका लागि कुल १५.०७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीको यही चैत १७ गते हुने १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ।

यसैगरी महालक्ष्मी विकास बैंकले कुल ९.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८.८ प्रतिशत बोनस सेयर र ०.४६ नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

बैंकद्वारा प्रस्तावित लाभांश यही चैत १३ गते हुने १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउने छ। 

लाभांश र सभा प्रयोजनका लागि यी दुवैले आज चैत ३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो चैत २ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्।