काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बुटवल पावर कम्पनी र समृद्धि फाइनान्सको सेयरमूल्यमा समायोजन गरेको छ।
नेप्सेले लाभांश प्रयोजनका लागि बुटवल पावर र हकप्रद प्रयोजनका लागि समृद्धि फाइनान्सको सेयरमूल्यमा समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता बुटवलपावरको ४३८.७३ रुपैयाँ र समृद्धि फाइनान्सको ३६१.३३ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता बुटवलपावरको ४८२.६० रुपैयाँ र समृद्धि फाइनान्सको ४९२ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।
यी दुवै कम्पनीले लाभांश र हकप्रद जारी प्रयोजनार्थ आज पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ गत पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै बुटवल पावरको लाभांश पाउन र समृद्धि फाइनान्सको हकप्रद भर्न योग्य हुनेछन्।
बुटवल पावरले गत आर्थिक वर्षको खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो २९ औँ वार्षिक साधारणसभा आउँदो पुस २६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बानेश्वरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
यसैगरी समृद्धि फाइनान्सले २ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर जारी गर्नेछ। हकप्रद बिक्रीपछि समृद्धि फाइनान्सको चुक्तापुँजी ८१ करोड ९० लाख रुपैयाँ पुग्नेछ।
नेपाल धितोपत्र बोर्डले समृद्धि फाइनान्सलाई गत मंसिर २९ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो। हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।
13 minutes ago
19 minutes ago
30 minutes ago
50 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago