काठमाण्डौ । सिभिल बैंक र रिलायन्स फाइनान्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयर प्रयोजनका लागि सिभिल बैंक र रिलायन्स फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्य प्रतिकित्ता सिभिल बैंकको २४५.७१ रुपैयाँ र रिलायन्स फाइनान्सको ४५२.१७ रुपैयाँ कायम गरिएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २५५.९ रुपैयाँ र रिलायन्सको ५२० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका सिभिल बैंक र रिलायन्स फाइनान्सले आज पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो पुस १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।
सिभिल बैंकले गत आर्थिक वर्षका लागि कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश बैंकको यही पुस ३० गते हुने ११ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।
यसैगरी रिलायन्स फाइनान्सले गत आर्थिक वर्षका लागि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश कम्पनीको यही पुस ३० गते हुने १२ औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago