काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि दुईवटा फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सेयरमूल्यमा समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता श्री इन्भेस्टमेन्टको ४४१.९७ रुपैयाँ र गुहेश्वरीको ४५४.४५ रुपैयाँ कायम भएको छ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता श्री इन्भेस्टमेन्टको ४७६ रुपैयाँ र गुहेश्वरीको ४९९.९० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी दुवै फाइनान्सको सेयर कारोबारमा आउनेछन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी दुवैले आज पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो पुस २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी फाइनान्सको लाभांश पाउन योग्य हुनेछन्।
श्री इन्भेस्टमेन्टले कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद (करसहित) छन्। प्रस्तावित लाभांश कम्पनीको यही पुस २९ गते हुने २७ औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।
यसैगरी गुहेश्वरीले १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यो लाभांश कम्पनीको यही पुस २९ गते हुने २० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
11 minutes ago
22 minutes ago
32 minutes ago
52 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago