काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै प्रतिकित्ता प्रिमियर इन्स्योरेन्सको १०६१.७१ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १२१३ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो माघ ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ का लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
कम्पनीले यही माघ २१ गते आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ। सोही सभाले लाभांश पारित गरेपछि सेयरधनीहरुले पाउनेछन्।
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago