काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) हकप्रद सेयर निष्कासन प्रयोजनार्थ सेयरमूल्य समायोजन गर्दै आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता ८१९.२९ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ११०७ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले आउँदो फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो माघ २७ गते (माघ २८ गते शुक्रबार र माघ २९ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य भएका छन्। 

कम्पनीले आफ्नो २३ औँ वार्षिक साधारणसभाबाट पारित निर्णयअनुसार आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद जारी गर्न लागेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर जारी गर्नेछ। 

यो हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत माघ ६ गते निष्कासन अनुमति दिएको थियो।

हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।