काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

गत आर्थिक वर्षको बोनस सेयरका लागि नेप्सेले नयाँ सारथी लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १०७४.१२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्त प्रतिकित्ता १२७८.२० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले आज चैत २३ गतेदेखि आउँदो वैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो चैत २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन्।

संस्थाले आफ्नो १३ औँ वार्षिक साधारणसभा आउँदो वैशाख १० गते आयोजना गर्नेछ। सभा काभ्रेको धुलिखेलस्थित संस्थाको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सभाले एफपीओ निष्कासनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। एफपीओ र बोनस सेयर जारीपछि संस्थाको पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

संस्थाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।