काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)को सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोसन सेयरका लागि सेयरमूल्य समायोजन गर्दै सीआईटीको प्रतिकित्ता २२१४.६२ रुपैयाँ कायम गरेको छ। यसअघि सीआईटीको प्रतिकित्ता २८७९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै सीआईटीको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि सीआईटीले आज साउन २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो साउन २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै सीआईटीको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य भएका छन्।
सीआईटीले आफ्नो २७ औँ वार्षिक साधारणसभा (एजीएम) आउँदो भदौ ६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा अपराह्न ३ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ का प्रस्तावित कुल ३१.५७८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश छन्।
सोही सभाले सीआईटीको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago