काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आर्थिक वर्ष २०७७–७८ को लाभांशको लाभांशका लागि यो कम्पनीको सेयरमूल्यमा समायोजन गर्दै प्रतिकित्ता ६६१.९० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ६९५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

कम्पनीले आफ्नो सातौँ वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आज भदौ १९ गते आइतबार बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत भदौ १७ गते (भदौ १८ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीको वार्षिक साधारणसभा यही भदौ ३० गते काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशतले बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका मुख्य दस्तावेजहरु अनुमोदन गर्नेछ।