काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको मूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै सानिमा इक्विटी फन्डको प्रतिइकाइ १०.१९ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम मूल्यअनुसार यो योजनाको प्रतिइकाइ १२.३९ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो योजनाका इकाइहरु कारोबारमा आउनेछन्। 

योजना व्यवस्थापक सानिमा क्यापिटलले सानिमा इक्विटी फन्डको प्रतिफल वितरणार्थ आउँदो असोज ९ गते एक दिन बुक कलोज गर्ने निर्णय गरेको छ। यसको मतलब हिजो असोज ६ गते (असोज ७ गते शुक्रबार र ८ गते शनिबार)सम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको प्रतिफल पाउन योग्य हुनेछन्। 

सानिमा इक्विटी फन्डको गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकमबाट योजनाका इकाइधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ। जसअनुसार इकाइधनीहरुलाई कुल २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। 

यो योजनाको आकार १ अर्ब ३० रुपैयाँबराबरको छ।