काठमाण्डौ । कोरोनाभाइसबाट मृत्युु हुुनुभन्दा ठीक पहिले एक ३२ वर्षका युुवकले आफ्नी पत्नी र छोराछोरीका लागि आँखा रसाउने हृदयविदारक चिठ्ठी लेखेका छन् । 

युुवकको मृत्युपछि जब उनकी पत्नीले उनको सामानहरु जाँच गर्न थालिन्, तब उनले मोबाइलमा लेखिएको एउटा चिठ्ठी भेटिन् । यो घटना अमेरिकाको कनेक्टिकटको डेनबरीको हो । 

एक महिना कोरोनासँग लडेपछि २२ अप्रिलमा जोन कोएल्हो नामका युुवकको मृत्युु भएको थियो । उनलाई पछिल्लो बीस दिनदेखि भेन्टीलेटरमा राखिएको थियो । जोन स्थानीय अदालतमा काम गर्ने गर्दथे । काम गर्ने क्रममा उनलाई कोरोना संक्रमण भएको थियो । 

उनले आफ्नो मृत्युु हुुनुभन्दा पहिले आफ्नी पत्नी र २ वर्षको छोरा र १० महिनाकी छोरीका लागि सम्बोधन गर्दै पत्र लेखेका थिए । 

उनकी पत्नी केटीका अनुुसार जोनलाई सुुरुवतामा कोरोनाको कुुनै लक्षण देखिएको थिएन । पछि उनकी छोरी र पत्नीलाई पनि कोरोनाको केही सामान्य लक्षण देखिएको थियो । जोनको अन्तिम समयमा उनकी पत्नी उनको साथमा हुुन चाहन्थिन्, तर केटी(जोनकि पत्नी) अस्पताल पुुग्दासम्म ढिला भइसकेको थियो । केटी अस्पताल पुुग्नुु अगावै जोनले यो संसारलाई सदाका लागि अलविदा गरिसकेका थिए । 

मृत्युुअघि जोनले आफ्नो फोनको नोट्समा यस्तो लेखेका थिए–“म तिमीहरु सबैलाई ह्दयदेखि नै माया गर्छुु । तिमीहरु सबैले मलाई एउटा राम्रो जिन्दगी दियौं । म आफूलाई धेरै नै भाग्यमानी ठान्दछुु र मलाई तिम्रो पति हुुन र बे्रडिन र पेनीको बुवा हुुनमा गर्व महशुुस हुुने गर्दछ । केटी,  मैलै मेरो जीवनकालमा जति पनि मानिसहरुलाई भेटे उनीहरुमध्ये तिमी सबैभन्दा राम्री र केयरिङ छौं । तिमी अरुभन्दा भिन्न लाग्ने गर्छौ मलाई । मलाई यसरी माया गर्ने यो संसारकी तिमी एक्ली मानिस  हौ । म नरहे पनि तिमी आफ्नो जीवन खुुसी र पहिलेको जस्तै अन्दाजमा जिउनुु, जसको कारण मेरो तिमीसंग माया बसेको थियो । छोराछारीका लागि तिमीलाई एउटा असल र महान आमाको रुपमा देख्न पाउनुु मेरो लागि एउटा शानदार अनुभव थियो । बे्रडिन(छोरा)लाई भनिदिनुु कि ऊ मेरो सबैभन्दा राम्रो र असल साथी हो भनेर । मलाई उसको बुुवा हुुनुुमा गर्व छ । पेनीलोप(छोरी)लाई भनिदिनुु कि ऊ मेरी राजकुुमारी हो भनेर । मेरी राजकुुमारी छोरीले आफूले चाहेको सबै कुुरा जीवनमा हासिल गर्न सक्नेछिन् । मेलै तिमीहरुसँग मेरा जीवनका सबै प्रकारका सुुखका क्षणहरु साट्ने मौका पाएँ, चाहे त्यो छोटो समयको लागि नै किन नहोस् । यसका लागि म आफूलाई भाग्यमानी ठान्दछुु । केटी यदि तिमीलाई माया गर्ने अर्काे कोही भेट्यो भने तिमी आफूलाई नरोक्नुु । उसले बस् तिमी र हाम्रा छोराछोरीलाई माया गरोस् । म तिमीहरु सबैलाई सधै माया गरिरहने छुु । सधैं खुुसी रहनुु ।”