काठमाण्डौ । भारतका दिग्गज लगानीकर्ता स्व. राकेश झुनझुनवालाको नामको प्रभाव सेयर बजारमा अझै देखिएको छ। 

बिग बुल भनेर चिनिने चर्चित लगानीकर्ताको कम्पनी रेयर इन्टरप्राइजेजले सिंगर इन्डियाको करोडौँ सेयर थोक सम्झौतामा किनेको छ। त्यसपछि सिंगर इन्डियाको सेयरमूल्यमा एकाएक उछाल आएको छ। हेर्दाहेर्दा यो कम्पनीको सेयरभाउमा २० प्रतिशतले अपर सर्किट लागेको छ। 

सम्झौतापछि माथिल्लो सर्किट सेट

झुनझुनवालाको कम्पनीले बीएसईमा बल्क डिलमा सिंगर इन्डियाको ४२.५ लाख सेयर किनेको थियो। प्रतिसेयर भारु ५३.३५ को दरले सम्झौता भएको हो। त्यसपछि सिंगर इन्डिया स्टक प्राइसले ठूलो उछाल आयो। आज यो सेयर ८.४६ प्रतिशतले बढेर भारु. ७५ मा कारोबार सुरु भएको छ। मंगलबार सेयर भारु. ६९.१५ मा बन्द भएको थियो। आजको कारोबार समयमा एक तहमा यो २० प्रतिशतले बढेर भारु ८२.९५ पुगेको थियो। दिउँसो १ः३० बजे यो स्टक बीएसईमा १८.७३ प्रतिशतले बढ्नुका साथ भारु ८२.१० मा कारोबार भएको थियो। 

१७० वर्षभन्दा पुरानो कम्पनी

सिंगर इन्डिया १७० वर्षभन्दा पुरानो कम्पनी हो। यो कम्पनीले सिलाइ मेसिन र अन्य घरेलु उपकरण उत्पादन गर्दछ। यद्यपि यो यसको सिलाइ मेसिनका कारण हरेक घरमा एक प्रसिद्ध ब्रान्ड हो।

यो कम्पनीले सेयर बजारमा पनि राम्रो प्रदर्शन गरेको छ। सिंगर इन्डियाको स्टक पछिल्लो एक वर्षमा ५९.५३ प्रतिशतले बढेको छ। यो वर्षको सुरुदेखि नै सेयर बजार ओरालो लाग्दा पनि यो सेयरले लगानीकर्तालाई लामामाल बनाउँदै आएको थियो। यो वर्षको सुरुदेखि नै यसको मूल्य ३६.३३ प्रतिशतले बढेको छ। अहिले यसको बजार पुँजीकरण बढेर भारु ४४० करोडभन्दा बढी पुगेको छ।

कम्पनीको यति नाफा

राकेश झुनझुनवालाको कम्पनी रेयर इन्टरप्राइजेजले पनि सिंगर इन्डियाको सेयर किन्दा तत्कालै फाइदा उठाएको छ। प्रतिसेयर भारु ५३.३५ मा डिल रेट हेर्दा रेयर इन्टरप्राइजेजले भारु ४२.५ लाख सेयर किन्दा करिब भारु २२ करोड ६७ लाख खर्च गर्नुपर्ने हुन्छ। अहिले सिंगर इन्डियाको सेयरमूल्य भारु ८२.१० पुगेको छ। यसको अर्थ सिंगर इन्डियाको प्रत्येक सेयरबाट रेयर इन्टरप्राइजेजले भारु २८.७५ नाफा कमाएको छ। अर्थात् रेयर इन्टरप्राइजेजले यस सम्झौताबाट भारु १२.२१ करोड अर्थात ४६.१४ प्रतिशत नाफा कमाएको छ।

दुई महिनामै स्टकले दियो बम्पर प्रतिफल

सिंगर इन्डियाको स्टकले गत वर्ष स्टक बजारको ऐतिहासिक बुल दौडमा ५२ हप्ताको उच्च स्थान बनाएको थियो। कम्पनीको ५२ हप्ताको उच्च मूल्य भारु ९१.५० हो, जुन २९ अक्टोबर २०२१ मा प्राप्त भएको थियो। यस वर्षको जुनमा यसको मूल्य भारु ३८.१० मा झरेको थियो, जुन ५२ हप्ताको न्यून स्तर हो। यसरी जुन २० देखि हालसम्म अर्थात् पछिल्ला दुई महिनामा सिंगर इन्डियाको स्टकले ११५ प्रतिशतको ठूलो रिकभरी गरेको छ। 

गत त्रैमासमा कम्पनीको खुद नाफा २४३ प्रतिशतले बढेर भारु ९६ लाख पुगेको छ। योसँगै गत त्रैमासमा कम्पनीको बिक्री झन्डै ५० प्रतिशतले बढेर भारु १०९.५३ करोड पुगेको छ। –एजेन्सी