काठमाण्डौ । मेक्सिकोमा शक्तिशाली भूकम्पका कारण मृत्युु हुनेको संख्या २२० भन्दा बढी पुगिसकेको छ । पत्याउनै नसकिने कतिपय अग्ला भवनहरु समेत ध्वस्त भएका डरलाग्दा दृश्यहरु सार्वजनिक भएका छन् । 

अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार भूकम्प प्रभावित क्षेत्रहरु हराउनेहरुको संख्या निकै ठूलो छ । त्यहाँ ३ दिनको राष्टिय शोक घोषणा गरी सरकारले उद्धार तथा बेपत्ताको खोजी कार्यलाई तीव्र पारेको छ । देशका कतिपय विद्यालयहरुमा निकै ठूलो संख्यामा विद्यार्थीहरुको ज्यान गएको बताइएको छ । 

पृथ्वीको माथिल्लो सतहमा गएको श्यालो भूकम्प ७.१ म्याग्निच्यूडको रहेको बताइएको छ । 

भूकम्पका कारण कैयन भवन, गिर्जाघरहरु भत्किएका छन् । मेक्सिको भूकम्पको उच्च जोखिम रहेको देश हो । त्यहाँ केही साताअघि ८.९ म्याग्निच्यूडको भूकम्प जाँदा ९० जना बढीको ज्यान गएको थियो । 

पछिल्लो पटक गएको भूकम्पले गगनचुम्बी महल समेत ध्वस्त भएका केही अत्यासलाग्दो भिडियो मेक्सिकोको एक संचारमाध्यमले यूूट्यूूबमा अपलोड गरेको छ ।

हेरौं भिडियो: