काठमाण्डौ । मेगा बैंक लिमीटेडले चारवटा तहका लागि १ सय १६ कर्मचारी मागेको छ । 

यो बैंकले बिहीबार सूचना प्रकाशित गरी म्यानेजर लेभलमा १ जना, अफिसर लेभलमा २९ जना, असिस्टेन्ट लभेलमा ६६ जना र ट्रेनी असिस्टेन्ट लेभलमा १७ जना कर्मचारी मागेको हो । 

निकट भविष्यमा देशका विभिन्न स्थानमा खुल्न लागेका शाखामा व्यवस्थापन पढेर जागिर नपाएकाहरुका लागि ट्रेनी असिस्टेन्ट पदमा अवसर दिइने बैंकले जनाएको छ । 

अन्य पदमा भने केही न केही अनुुभव हुनुपर्नेछ । 

बैंकले खुलाएको जागिर, विभिन्न पदका लागि आवश्यक योग्यता र अन्य जानकारीका लागि यो सूचना हेर्नुहोस्: