काठमाण्डौ। मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँबराबरको ‘मेगा म्युचुअल फन्ड–१’ आउँदो भदौ ४ गतेबाट निष्कासन हुने भएको छ। 

कोष प्रवर्द्धक मेगा बैंक र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ। कुल इकाइमध्ये कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री गरिनेछ। 

यो म्युचुअल फन्डमा लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

यस योजनाको निष्कासन बन्द छिटोमा भदौ १० गते बैंकिङ समयपछि हुनेछ। उक्त मितिसम्म सबै इकाइ बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन खुला गरिनेछ। 

दसवर्षे अवधिको यो एउटा बन्दमुखी योजना हो।