काठमाण्डौ । मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फन्ड–१ का इकाइहरु आज भदौ ४ गतेबाट बिक्री खुला गरिएको छ।

कोष प्रवर्द्धक मेगा बैंक नेपाल र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरु बिक्री खुला गरिएको हो। कुल इकाइमध्ये कोष प्रवर्द्धक मेगा बैंकलाई १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइ छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताहरुले यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा तथा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तिनका शाखा कार्यालयहरु र मेरो सेयरबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। 

यस योजनाको निष्कासन बन्द छिटोमा भदौ १० गते र ढिलोमा भदौ १८ गते बैंकिङ समयपछि बैंक गरिने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ। 

दसवर्षे बन्दमुखी यस योजनालाई धितोपत्र बोर्डले गत साउन २८ गते निष्कासन अनुमति दिएको थियो।