काठमाण्डौ । मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फन्ड–१ का इकाइहरु खरिदका लागि आवेदन दिने आज (भदौ १० गते) अन्तिम दिन रहेको छ। 

कोष प्रवर्द्धक मेगा बैंक नेपाल र योजना व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेका यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइहरु गत भदौ ४ गतेदेखि बिक्री खुला गरिएको थियो। यस योजनामा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

कुल इकाइमध्ये कोष प्रवर्द्धक मेगा बैंकलाई १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइ छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा तथा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तिनका शाखा कार्यालयहरु र मेरो सेयरबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। 

दसवर्षे बन्दमुखी यस योजनालाई धितोपत्र बोर्डले गत साउन २८ गते निष्कासन अनुमति दिएको थियो।