काठमाण्डौ । दसैँका अवसरमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले परिवारमुखी सेयर लगानी योजना ल्याएको छ।
क्यापिटलले यस लगानी योजनामा सहभागी भई आफ्नो परिवारका लागि सेयरमा लगानी गरी उमंग र खुसी बाँड्न पनि आग्रह गरेको छ। यस योजनामा न्यूनतम ५ लाख रुपैयाँबाट लगानी सुरु गर्न सकिने क्यापिटलका मार्केटिङ हेड गिरिराज पोखरेलले जानकारी दिए। ‘इच्छुक व्यक्तिले नगदै वा आफूसँग भएको सेयरबाटै यस योजनामा सहभागी हुन सक्नेछन्’, उनले भने।
यो योजनामा सहभागी भएकाहरुले न्यूनतम ३ वर्षका लागि मेगा क्यापिटलसँग सहकार्य गर्ने सम्झौता गर्नुपर्ने पोखरेल बताउँछन्। परिवार सम्पूर्ण सदस्यलाई एउटै लगानी खाता हुने पनि उनले जानकारी दिए।
पोखरेलका अनुसार यो योजनामा सहभागी भएकाहरु आईपीओ, हकप्रदजस्ता साधारण सेयर भर्ने काम क्यापिटलले नै गरिदिनेछ। ‘यसले लगानीकर्ताहरुले कुनै पनि आईपीओ, हकप्रद भर्न छुट्ने सम्भावना हुँदैन’, उनले भने।
यस योजनामा अपेक्षित मुनाफा २५ देखि ३० प्रतिशतसम्म हुने भनिएको छ। योजनामा सहभागी हुन फेसबुक म्यासेन्जरमार्फत नाम दर्ता गर्न सकिने क्यापिटलले जनाएको छ।
इच्छुक व्यक्तिले मेगा क्यापिटलको कार्यालयमा गएर पनि यस योजनाका बारेमा बुझ्न र सहभागी हुन सक्नेछन्।
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago