काठमाण्डौ। मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघुवित्त, जलविदुत तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयर (प्रमोटर सेयर) खरिद(विक्रीका लागि सहजीकरण सेवा सुरु गरेको छ। 

यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटलमा फोन नम्वर ९८५१०६७५७८ वा ई–मेल info@megacapitalmarkets.com वा मेगा क्यापिटलको  फेसबुकमा म्यासेन्जरमार्फत म्यासेज पठाउन सक्नेछन्। 

धेरै लगानीकर्ताले प्रमोटर सेयर साधारण सेयरजस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले सेयर सम्पत्ति बन्धक भएका र आवश्यकताअनुसार बिक्री गरेर आर्थिक आवश्यकता पूरा गर्न नसकेका बिक्रेता र लगानीका अवसर खोजिरहेका अन्य लगानीकर्ताबीच किनबेच र सेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुआत गरेको छ। 

यसले ग्राहक, शुभचिन्तक तथा प्रमोटर सेयर खरिदबिक्री गर्न इच्छुक लगानीकर्तालाई ठूलो राहत मिल्ने मेगा क्यापिटलको विश्वास छ।