काठमाण्डौ । मेगा बैंक लिमीटेडले एकैपटक १०५ कर्मचारी मागेको छ । 

बैंकले म्यानेजरदेखि अफिसर र असिस्टेन्ट लेभलसम्मका पदमा कर्मचारी मागेको हो । 

सबैभन्दा बढी असिस्टेन्ट लेभलको पदमा ५७ कर्मचारी मागिएको छ । 

बैंकले असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजर पदमा ३ जना, प्रदेश प्रमुख ३ जना मागेको छ । 

यस्तै, जुनियर अफिसर, सिनियर अफिसर र अफिसर्स पदमा १० जना, शाखाको क्रेडिट विजिनेशका लागि १६ जना,  १५ जना शाखा प्रबन्धक र जनकपुरका लागि ब्राञ्च अपरेशन एकजना मागेको छ । 

असिस्टेन्ट लेभलमा असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजरको रुपमा ६ जना, ब्राञ्चको क्रेडिट विजिनेशका लागि १२ जना, अपरेशनका लागि १४ जना, डिपोजिट आरएमका लागि २५ जना असिस्टेन्ट मागिएको छ। 

इच्छुकले फेब्रुअरी १७(फागुन ५ गते)भित्र आवेदन दिइसक्नुपर्ने बताइएको छ । 

बैंकले प्रकाशन गरेको विज्ञापन यस्तो छ: