mega capital markets limited
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी मेगा क्यापिटल मार्केटस् लिमिटेडले मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको छ ।
मेगा क्यापिटल मार्केट्सले सोमबार नेपाल धितोपत्र बोर्डबाट कारोबारका लागि अनुमतिपत्र प्राप्त गरेको हो । यस कम्पनीको अधिकृतपूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ ।
मेगा क्यापिटल मार्केट्स लिमिटेडले पूँजीबजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताए ।
ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखी नविनतम र उपयुक्त सेवाहरु पूँजीबजारमा ल्याउनु नै कम्पनीको मूल उद्देश्य रहेको मेगा क्यापिटल मार्केट्सका अध्यक्ष ईश्वरबहादुर गुरुङ्ले बताए ।
केही दिनपछि औपचारिक कार्यक्रम गरी मेगा क्यापिटल मार्केट्सको विधिवत् रुपमा कारोबार प्रारम्भ गर्ने उनले जानकारी दिए ।
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
23 hours ago