काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता सुरु गरेको छ।
ग्राहकलाई छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट तथा सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा प्रारम्भ गरेको हो। छोटकरीमा ‘मिभा’ नामकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहकले २४ सै घन्टा लिन सक्नेछन्।
कसरी लिने यो सेवा ?
ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सजिलै यो सहायता लिन सक्नेछन्। वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ। त्यसमा क्लिक गरेपछि सेवाग्राहीले मेगा बैंकले प्रदान गरिरहेका बिभिन्न प्रडक्ट/सेवा र जानकारी आफुले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न सक्नेछन्। आफूलाई आवश्यक परेको बटममा क्लिक गरिसकेपछि ग्राहकले तत्कालै प्रतिक्रिया सहित सेवा प्राप्त गर्न सक्नेछन्।
डबल विन्डोमा बनेको ‘मिभा’मा ग्राहकले राखेको जिज्ञासाको प्रतिक्रियाको अतिरिक्त सो जिज्ञासासँग मिल्दा अन्य जिज्ञासाहरुसमेत एकसाथ उपलब्ध हुनेछन्। ग्राहकले आफ्नो खाताको मौज्दात विवरण तथा कारोबारको विवरण थाहा पाउन सकिने विशेषता रहेको आर्टिफिसियल इन्टेलिन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका लागि अत्याधुनिक पद्धतिबाट सञ्चालन गरिएको मेगा बैंकले जनाएको छ।
ग्राहकलाई नवीनतम सेवा दिने उद्देश्यले यसअघि नै मेगा बैंकले भिडियो अकाउन्ट ओपनिङ, टिक बैंकिङलगायतका सेवाहरु ल्याइसकेको छ।
8 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
14 hours ago