काठमाण्डौ । यस मेगा क्यापिटल मार्केट्स लिमिटेडले कोभिड–१९ को प्रकोपले सिर्जना भएको परिस्थिति तथा नेपालका व्यवसाय, उद्यमी, संस्थाहरुलाई पारेको असरलाई मध्यनजर गर्दै व्यवसायलाई सञ्चालन गर्न, पुनर्जीवन गर्न तथा व्यवसाय विस्तार र वृद्घि गर्न आवश्यक बैँक तथा वित्तीय संस्थाबाट ऋण सुविधा जुटाउन आवश्यक सल्लाह निःशुल्क प्रदान गर्ने सेवा प्रारम्भ गरेको छ।

वित्तीय वजारमा लामो समयदेखि रहिआएका सर्वसाधारण जनता, साना तथा मझौला उद्यमीहरु र उद्यम गर्न चाहनेहरुको बैंक तथा वित्तीय संस्थाहरुसँगको दूरी, बैंक तथा वित्तीय संस्थाहरुसंग सही ऋण कसरी लिने र कसरी त्यसबाट लाभ प्राप्त गर्न सकिन्छ भन्ने ज्ञानको अभावलाई घटाउन उचित उपाय र परामर्श मेगा क्यापिटलले दिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठको भनाइ छ।

उक्त सेवाअन्तर्गत क्यापिटलको लेखा, लेखा परीक्षण, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालनमा दक्षता तथा कार्य अनुभव भएको उच्च व्यवस्थापनको कर्मचारीबाट उक्त परामर्श तथा सल्लाह प्रदान गरिने व्यवस्था मिलाइएको छ । उक्त परामर्शले तुलनात्मक हिसाबले सस्तो पूँजीको श्रोत, ऋण सुविधा लिन तथा आवश्यक प्रक्रिया सरलता र ऋणमा पहुँच वृद्घि गर्ने क्यापिटलको विश्वास छ। 

हाल बजारमा विध्यमान अत्याधिक तरलताको कारणले सस्तो व्याजदरमा ऋण सुविधा प्रदान भइरहेको हुनाले व्यवसायीहरुले कम लगतमा व्यवसायलाई पुनरुत्थान गर्न तथा व्यवसाय विस्तार गर्न सहज हुने क्यापिटलले जनाएको छ। व्यवसाय र नवीनतम ज्ञान, सिप र क्षमता भएका आविश्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थाहरुलाई निजहरुको योजना तथा सोचअनुरुपको व्यवसाय सफल पार्नसमेत उक्त सेवाले सहज गर्ने आशा क्यापिटलले राखेको छ।

यस सम्बन्धमा थप जानकारी क्यापिटलको फेसबुक पेज link https://www.facebook.com/megacapitalmarkets/posts/866025650920939 बाट लिन सकिनेछ ।