काठमाण्डौ । आज देशका अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै लुम्बिनी, बागमती र १ नम्बर प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका पहाडी भूभागमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ। 

आज देशभर मनसुनी वायुको प्रभाव रहने र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ। यो प्रभावका कारण आगामी ३ दिनसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।