ललितपुर । नर्सिङ क्षेत्रमा लगानी र स्वास्थ्य क्षेत्रको विकासका लागि हकअधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले एक औपचारिक कार्यक्रम गरी बिहीबार अन्तर्राष्ट्रिय नर्स दिवस मनाएको छ।
कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका सल्लाहकार नभिन कुमार, क्लिनिकल सर्भिसका प्रमुख प्राडा नीलमणि उपाध्याय, मेडिकल सुपरिन्टेन्डेन्ट डा. जयेन्द्र बज्राचार्य र नर्सिङ सेवाकी प्रमुख कोपिला श्रेष्ठ पालिखेको उपस्थितिमा नर्सहरुमा सम्मान प्रकट गर्दै थप हौसला बढाउनका लागि विभिन्न विषयमा चर्चा गरिएको थियो भने साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो।
कार्यक्रममा नर्सहरुले नेपाल मेडिसिटी अस्पतालजस्तो अन्तर्राष्ट्रिय स्तरको बहुआयमिक सेवा प्रदान गर्न र अत्याधुनिक प्रविधिमैत्री वातावरणमा काम गर्न पाएकोमा सुखद् अनुभव साटेको छन्। त्यस्तै अस्पताल व्यवस्थापनका तर्पmबाट प्राडा नीलमणि उपाध्यायले नर्सहरु बिरामीहरुसँग सबैभन्दा नजिक रहेर उपचार सेवा प्रदान गर्ने सेवा प्रवाहक रहेको र उनीहरुको सुरक्षा र प्रवर्द्धन गर्न अस्पताल सधैँ क्रियाशील रहेको प्रतिक्रिया दिए।
नर्सिङ सेवाकी प्रमुख कोपिला श्रेष्ठ पालिखेले नर्सिङ पेसा एक पवित्र र सेवाभावले पूर्ण पेसा रहेकाले यसको संरक्षण एवं प्रर्वद्धन आवश्यक रहेको बताइन्।
आधुनिक नर्सिङकी पहलकर्ता फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२ का दिनलाई अन्तर्राष्ट्रिय नर्स दिवसका रुपमा मनाउँदै आइएको हो। सन् २०२२ का लागि नर्सिङ दिवसको नारा यस क्षेत्रमा लगानी र विश्वव्यापी स्वास्थ्य क्षेत्रको विकासका लागि नर्सहरुको हकअधिकार सुनिश्चित गर्नेबारे रहेको छ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago