काठमाण्डौ । बार्सिलोना फुटबल क्लबका फरवार्डर अर्जेन्टिनाका लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन्।

फोब्र्सले सार्वजनिक गरेको सन् २०२० को सर्वाधिक कमाउने खेलाडीको सूचीमा मेसी अग्र स्थानमा रहन सफल भएका हुन्। उनका वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ। जसमा मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र इन्डोर्समेन्टबाट ३४ मिलियन डलर कमाएका हुन्। 

सर्वाधिक कमाउने खेलाडीको सूचीमा युभेन्ट्सका फरवार्डर पर्चुगलका क्रिस्टियानो रोनाल्डो छन्। उनको वार्षिक कमाइ ११७ मिलियन डलर रहेको छ। रोनाल्डोको यो कमाइ मेसीको तुलनामा ९ मिलियन डलर कम हो। रोनाल्डोले पारिश्रमिकबापत ७० मिलियन डलर र इन्डोर्समेन्टबाट ४७ मिलियन डलर आर्जन गरेका हुन्। 

यो सूचीको तेस्रो स्थानमा ब्राजिलका स्टाइकर नेमार तेस्रो र फ्रान्सका फरवार्डर किलियन एमबाप्पे चौथो स्थानमा छन्। यी दुवैको कमाइ क्रमशः ९६ र ४२ मिलियन डलर रहेको छ। 

लिभरपुरका मोहम्मद सालाह ३७ मिलियन डलरका साथ सर्वाधिक कमाउनेको सूचीमा पाँचौँ स्थानमा छन् भने ३४ मिलियन डलरका साथ म्यानचस्टर युनाइटेडका स्टाइकर पउल पोग्वा छैटौँ स्थानमा छन्। 

सर्वाधिक कमाउनेको सूचीमा बार्सिलोनाका खेलाडी एन्टोनी ग्रिजमन सातौँ स्थानमा (३३ मिलियन डलर), रियल मेड्रिडका गारेथ बेल आठौँ स्थानमा (२९ मिलियन डलर), बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की नवौँ स्थानमा (२८ मिलियन डलर) र म्यानचेस्टर युनाइटेडका डेबिड डे दसौँ स्थानमा (२७ मिलियन डलर) रहेका छ।