काठमाण्डौ । ज्योतिषशास्त्रमा कुुल ९ वटा ग्रहहरु रहेका बताइएको छ, जसको प्रभाव हाम्रो जीवन र समाजमा पर्ने गर्दछ । यसमध्ये दुुईवटा ग्रह राहुु र केतुु सधैं उल्टो चालमा चल्ने गर्दछन् भने सूर्य र चन्द्रमा सधै सिधा चालमा चल्ने गर्दछन् । अरु बाँकी ५ वटा ग्रहहरु उल्टो र सिधा दुुवै चालमा चलिरहने गर्दछन् । 

यो वर्षको मे महिनामा ग्रहहरुको अचम्मको संयोग बनेको छ । यो महिना राहुु, केतुका अलावा अन्य चार ग्रहहरु उल्टोे चालमा चल्नेछन् । यसलाई ग्रहहरुको प्रतिगामी चाल पनि भन्ने गरिन्छ । 

यो समयमा काल सर्पयोगको पनि प्रभाव रहनेछ । ज्योतिषय दृष्टिकोणबाट ग्रहहरुको यस्तो अवस्थालाई शुुभ मानिने गरिदैन । पूरै विश्वले यतिबेला गम्भीर संकटको सामना गरिरहेको छ । यस्तोमा ६ वटा ग्रहहरु एकसाथ उल्टो चालमा चल्नाले कस्तो दुुष्परिणाम निम्त्याउँछ, आउनुुस ज्योतिषबाट जानौ ।

कुुन ग्रह कहिले चल्नेछन् उल्टो चालमा ?
११ मे मा शनी आफ्नो राशि मकरमा बक्री(उल्टो चाल) हुुनेछ । यसपछि १३ मे मा शुक्र र १४ मे मा बृहस्पति पनि बक्री हुुनेछन् । यसको अलावा १८ जुुनमा बुुध ग्रह उल्टो चालमा चल्नेछ । १८ जुुन देखि २५ जुुनको बीचमा यी चारग्रहहरु एउटै समयमा प्रतिगामी अर्थात बक्रमा रहनेछन् । ग्रहहरुको यो अवस्था १५ जुुलाईसम्म कालपुुरुष कुुन्डलीमा बनेको काल सर्प दोषको साथमा परस्पर व्याप्त हुुने गर्दछ, जसको परिणाम चिन्ताजनक हुुन सक्दछ । 

प्रतिगामी शनिको परिणाम
प्रतिगामी शनिले ती कार्यहरुलाई अगाडि बढाउनका लागि शक्ति प्रदान गर्नै गर्दछ, जसलाई अतितमा अधुुरो छोडिएको हुुन्छ । शनि ११ मे देखि २९ सेप्टेम्बरसम्म मकर राशिमा बक्री रहनेछ । शनिको प्रतिगमनले जिम्मेवारीहरु र कामको बोझसँगै एक कठिन समयलाई दर्शाउने गर्दछ । तर, यसले मानिसहरुलाई आफ्नो कौशललाई अझै निखार्न र यथार्थवादी एवम व्यवहारिक बन्न सहयोग गर्ने गर्दछ । यसका कारण कोरोनाका कारण उत्पन्न हुुने चुुनौतिको समाधान गर्नका लागि नयाँ कानुुन र नीतिहरु बन्ने सम्भावना देखिन्छ । न्यायिक सुुधार र न्यायिक ढाँचा पुुनर्गठन हुुनसक्छ । 

प्रतिगामी शुुक्रको परिणाम
शुुक्र विलासिता, आराम, सौन्दर्य र खुुसीको भावनाको ग्रह हो । शुुक्र १३ मे देखि २५ जुुनसम्म वृष राशिमा बक्र रहनेछ । यो अवधिमा मानिसहरुको अवस्थामा सामान्य सुुधार आउनेछ र सार्वजनिक स्वास्थ्यको आधारहरुको समीक्षा हुुनेछ । यात्रा र आतिथ्य उद्योगलाई पुुनर्जिवित गर्न समर्थन र प्रोत्साहन प्राप्त हुुनसक्नेछ । 

प्रतिगामी वृहस्पतिको परिणाम 
वृहस्पति ज्ञान र बौदिकताको ग्रह हो । प्रतिगामी गतिमा उनीहरुको शुुभ परिणाम दिने शक्ति कयौं गुुणा बढ्ने गर्दछ । यो समयमा देशमा पहिले अधूरा रहेका कामहरुलाई फेरि सुुचारु गर्न सकिनेछ । 

प्रतिगामी बुुधको परिणाम
बुुध व्यापार, सञ्चार व्यवस्था एवम् नयाँ सोंचको प्रतिकको रुप रहेको छ । यो १८ जुुन देखि १२ जुुलाईको बीचमा वृषभ राशिमा बक्री रहने छ । यो समयमा कोरोनाभाइरसबाट बच्न नयाँ उपायहरु अगाडि आउन सक्नेछन् । छिमेकी देशहरुसँग सम्वादको मौका आउन सक्नेछ । 

के हो ग्रहहरुको प्रतिगामी गति ?
सौर्य मन्डलका सबै ग्रहहरु पृथ्वीसँगै सूर्यको वरिपरि घुुम्ने गर्दछन् । तर सांसारिक दृष्टिकोणबाट पृथ्वी नचलेको जस्तो लाग्छ र सबै ग्रहको केन्द्रको रुपमा पृथ्वीसँग घुुमिरहेको जस्तो लाग्छ । तर, यो सबै अप्टीकल भ्रम मात्रै हो । त्यसैले ग्रहहरु रोकिएको जस्तै लाग्ने गर्दछन् र पछाडि जान्छन, फेरि रोकिने गर्छन र फेरि अगाडि जाने गर्छन जसलाई डाइरेक्ट मोसन भन्ने गरिन्छ । 

प्रतिगामी गतिको कस्तो हुुन्छ प्रभाव 
प्रतिगामी ग्रह अक्सर अप्रत्यासित रुपमा राम्रो र खराब दुुवै परिणाम दिने गर्दछ । प्रतिगामी गतिमा ग्रहहरु पृथ्वीको नजिक आउने गर्दछन् । त्यसैले त्यसको प्रभाव अधिक महशुुस हुुने गर्दछ । प्रतिगामी गतिमा ग्रहमा ग्रहहरुको कारक तत्वमा कमी हुुने गर्दछ । यस्तो स्थितिमा कुुन्डलीको जुुन घरमा बक्री ग्रह हुुन्छन्, तिनीहरुको परिणाम अनुुकुुल हुुने गर्दैन । त्यसैले ग्रह बक्र हुँुदाखेरी कुुनै नयाँ नीति या परियोजनाहरु सुुरु गर्नुु हँुुदैन ।