काठमाण्डौ। भारतको जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी)को आईपीओ आउँदो मे ४ बाट निष्कासन हुने भएको छ। लगानीकर्ताले मे ९ गतेसम्म यो आईपीओमा आवेदन दिन पाउनेछन्।
एलआईसीको आईपीओ निष्कासनबारे जानकारी दिँदै लगानी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापन विभाग (डीआईपीएएम)का सचिव तुहिनकान्त पाण्डेले भने, ‘सेयरका भारु ९०२ देखि भारु ९४९ सम्म प्राइस ब्यान्ड राखिएको छ।’
एलआईसीको आईपीओको आकार भारु २१ हजार करोड हुनेछ।
पाण्डेले अहिलेको बजार अवस्था हेर्दा एलआईसीको आईपीओको आकार सही रहेको बताए। उनले एलआईसीको आईपीओका कारण बजारमा पुँजीको अभाव नहुने पनि स्पष्ट पारे।
यसअघि भारत सरकारले मुलुकको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीको ५ प्रतिशत सेयर बिक्री गर्ने तयारी गरेको थियो। तर, पछि आईपीओमार्फत कम्पनीको ३.५ प्रतिशतमात्रै सेयर बिक्री गर्ने भारत सरकारले निर्णय गरेको छ।
यो आईपीओमा कम्पनीका बीमितहरुलाई भारु ६० छुट दिने निर्णय भारत सरकारले गरेको छ। –एजेन्सी
32 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago