काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ भोलि मंगलबार गरिने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मैलुङ खोला जलविद्युतको आईपीओ बिहान ९ बजे बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम सिद्धार्थ क्यापिटलकै काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा गरिनेछ।

कम्पनीले गत साउनबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

यो आईपीओमा २१ लाख १८ हजार ९२५ आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। यो आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँड गरिनेछ।

यो हिसाबले मैलुङ खोलाको आईपीओमा आवेदन दिएका २० लाख ५ हजार बढीको हात खाली हुने देखिएको छ।