काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले १ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५३.१८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो।

तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १४.४३ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिसम्म विद्युत बिक्रीबाट १० करोड ११ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिसम्म घटेर ८ करोड ६५ लाख रुपैयाँमात्रै भएको छ।

कम्पनीको सञ्चालन मुनाफा पनि ६ करोड ७१ लाख रुपैयाँबाट घटेर ४ करोड १८ लाख रुपैयाँमा खुम्चिएको छ। 

चुक्ताुँजी ३६ करोड ८१ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर १ करोड ५५ लाख रुपैयाँको भएको छ। 

कम्पनीको वार्षिकीकृत ईपीएस ४.२६ रुपैयाँ, पीई रेसियो ११८.५७ गुणा, प्रतिसेयर नेटवर्थ १०४.२३ रुपैयाँ र तरलता अनुपात १.६९ प्रतिशत रहेको छ।