काठमाण्डौ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड ७ करोड ३६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासनको अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले हिजो असार २३ गते मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब मैलुङ खोला जलविद्युतले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्नेछ। 

यो आईपीओ कम्पनीको चुक्तापुँजीको कुल २० प्रतिशतबराबर हुनेछ। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।