काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन्। ओलीले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनु देश बर्बादीतिर जान दिनु हुने बताए।

मनमोहन सेन्टर एनेक्स भवनको बुधबार उद्घाटन गर्दै ओलीले प्रधानमन्त्री राजीनामा दिन लागेको भन्ने हल्ला केही सञ्चारमाध्यममार्फत फैलाइएको भन्दै आक्रोश पोखे। ‘मैले अहिले राजीनामा दिन मिल्छ ?’, उनले भने, ‘अहिले राजीनामा दिनु भनेको देश बर्बादीतिर जान दिनु हो। त्यस कारण अहिले म राजीनामा दिन्न।’ 

प्रधानमन्त्री ओलीले देशमा स्थिरताका लागि आफूले काम गरिरहेको दाबी गरे। ‘स्थिरताले नै देशमा विकास तथा परिवर्तन ल्याउँछ’, उनले भने।