काठमाण्डौ । आफ्ना स्थापित जि र इ वर्गबाट दुईवटा नवीनतम र लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरालाले आज नेपालमा पुनरागमनको घोषणा गरेको छ। 

मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक (कल मोबिलिटी प्रा.लि. को साथमा भएको छ, जसको एउटा रोचक र साझा इतिहास छ। 

सन् २००७ मा, कल मोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो। नेपालमा यी मोडलहरू लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुञ्जेल मोटोरोला मोबाइलका ब्राण्डहरूमा नेपालमा अग्रणी ब्राण्डका रुपमा रहिरह्यो। मोटोरोलाले कल मोबिलिटीको समूहसँग सहकार्य गरेर यो आकर्षण पुनः सिर्जना गर्ने लक्ष्य राखेको बताइएको छ । 

विश्वव्यापी रुपमा नै मोटोरोलाका इ र जि वर्ग यसका दुईवटा लोकप्रिय उत्पादनहरू हुन्, जसमा सन् २०१९ सम्ममा जि वर्गको बिक्री मात्र नै १० करोडभन्दा धेरै भएको छ।  इ वर्गले ती ग्राहकलाई केन्द्रित गर्दछ जो आफ्नो वर्गमा विशेषतामा उत्तम भएको अझ नयाँ जीवनशैलीमा स्तरोन्नति गर्न खोज्दैछन् भने जि का उत्पदानहरू ‘सबैका लागि अधिकतम लाभ’ को वाचासहित आउँछ, जसले उपभोक्ताहरूको ठूलो जमातलाई बढेको अनुभव प्राप्त होस् भनेर प्रिमियम विशेषताहरूको प्रजातन्त्रीकरणको तात्पर्य राख्दछ। यस वाचाका लागि सत्य बन्दै मोटो जि नाइन प्ले र इ सेभेन प्लस, दुबै आफ्ना वर्गमा उत्कृष्ट विशेषताहरू सहित असाधारण मूल्यमा उपलब्ध छ जसले नेपाली बजारमा तहल्का मच्चाउने अपेक्षा गरिएको छ । 

मोटो जि प्ले कार्यप्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरैथोकमा एउटा शक्तिशाली फड्को हो। सबैका माझ सामथ्र्य प्रवाह गर्ने गरि डिजाइन गरिएको नयाँ मोटो जी उपकरणले आफूलाई चाहिने सबैथोक एउटा उत्पादनमा राखेर प्रयोगकर्ताको अनुभवलाई अर्को उचाईमा पुर्याउँदछ। यसमा एउटा शक्तिशाली ५०००० एमएएच ब्याट्री रहेको छ, जुन दुईदिनसम्म टिक्छ । 

मोटोरोला –भारत र सार्क राष्ट्रका प्रवन्ध निर्देशक प्रशान्त मणिले भने-“हामी नेपालमा हाम्रा नवीनतम र आफ्ना वर्गमा उत्कृष्ट, मोटो जि नाइन प्ले र मोटो इ सेभेन प्लस स्मार्टफोनका साथ पुनरागमन गर्न पाउदा हर्षित छौं। गुणस्तरका लागि ख्यातिप्राप्त र भिन्न, स्वच्छ र स्टक एन्ड्रोइड् अनुभवका साथ रहेर उपभोक्ताका लागि अर्थपूर्ण नवीनताका साथ प्रस्तुत हुने एउटा सशक्त विश्वव्यापी ब«याण्ड भएकाले, हामी विश्वस्त छौं कि हाम्रा उत्पादनहरूले नेपाली उपभोक्ताहरूलाई खुशी पार्न सक्नेछन्।”

कल मोबिलिटी प्रा. लि.को वरिष्ठ व्यवस्थापनको उक्त अवसरमा भनाइ थियोः “हामी मोटोरोलालाई नेपालमा पुनः ल्याउन पाउदा अत्यन्त रोमान्चित र हर्षित छौं। हामी मोटोरोलाका मुख्य मूल्यमान्यताहरूमा साच्चै नै विश्वास गर्दछौं। मोटोरोलाको नवीनताका लागि लगावसँग हाम्रो वितरण र विक्रीपछिको सञ्जालको साथले गर्दा हामी सन् २०२१ सम्ममा मोटोरोलालाई नेपालको एउटा अग्रणी स्मार्टफोन ब«याण्ड बनाउन सक्नेछौं भन्नेमा विश्वस्त छौं।

मोटो जी नाइन प्लेको मूल्य १९९९० र मोटो इ सेभेन प्लसको मूल्य १६५९० तोकिएको छ । हेण्डसेटका लागि १ वर्ष, ब्याट्री तथा चार्जरका लागि ६ महिनाको वारेन्टी सुविधा उपलब्ध हुने बताइएको छ ।