काठमाण्डौ। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ पार्टनर बन्ने भएको छ। गत १३ फेब्रुअरीबाट सुरु भएको उक्त प्रतियोगिताको मार्च २७ मा ग्रान्ड फिनाले हुनेछ।

प्रतियोगितामा आफूले इच्छा लगेका प्रतिस्पर्धीलाई आइएमई पेमार्फत भोट गर्न सक्नेछन्। 

मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन तत्पर कुल ६८ जना युवायुवती यतिखेर मोडल बन्ने प्रक्रियाअन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रियस्तरको ग्रुमिङ परिवेशमा आफ्नो व्यक्तित्वलाई मोडल व्यक्तित्वमा रुपान्तरण गर्न मोडल हन्ट नेपाल सिजन ६ को प्लेटफर्ममा अभ्यस्त रहेका छन्। जसअन्तर्गत उनीहरुले ¥याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतीकरणका तरिकालगायत समग्रमा व्यावसायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको विकास गरिरहेका छन्।

आइएमई पे आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्रान्ड हो। झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। 

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी पनि हो।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन्।  यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।  आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। 

मोबाइल वालेटमा ब्याज र क्यासब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बिल भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो। १५ लाखभन्दा बढी ग्राहकले सीधै आइएमई पे डाउनलोड गरी आफ्नै मोबाइलबाट र आइएमईका व्यावसायिक साझेदार सञ्जालमार्फत लाखौँ सेवाग्राहीलाई विद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ।