काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मोलुङ हाइड्रोपावरलाई गत मंसिर १५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो। अब यो कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि जारी गर्नेछ।
यो सार्वजनिक निष्कासन चुक्तापुँजीको ४४ प्रतिशतबराबर हुन आउँछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड २५ लाख रुपैयाँ पुग्नेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
11 minutes ago
21 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago